२७ भाद्र २०८३, शनिबार
,
Latest
हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, कसको प्रतिद्वन्द्वी को ?



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि–क्वाटरफाइनल खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, नेदरल्यान्ड्स, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।

अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीचको खेल शुक्रबार राति ८ः४५ बजे हुनेछ ।

दोस्रो क्वाटरफाइनल सोही दिन राति ००ः४५ बजे अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच शनिबार ८ः४५ बजे प्रतिस्पर्धा हुनेछ भने अन्तिम क्वाटरफाइनल खेल फ्रान्स र इंग्ल्यान्डबीच सोही दिन राति १२ः४५ बजे हुनेछ ।