१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

लोकमार्गको सास्ती हट्दै

लोकमार्गको सास्ती हट्दै
अ अ+ अ-

बागलुङ । कालोपत्र भएको छ वर्ष नबित्दै दूरावस्थामा पुगेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–हटिया खण्डमा सडक मर्मतसुधार धमाधम भइरहेको छ । सडकको स्तर खस्कँदा लामो समयदेखि यात्रुले झेल्दै आएको सास्ती आउँदो वर्षात्अगावै हट्ने भएको छ । रुग्ण सडकलाई पुरानै स्थितिमा फर्काउन वृहत् मर्मत थालिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

आयोजनाका इञ्जिनियर राजन पाण्डेका अनुसार हालसम्म सडक मर्मतमा २० प्रतिशत भौतिक र १५ प्रतिशत वित्तीय प्रगति भएको छ । “ १४ महिनाको सम्झौता छ, तीव्र गतिमा काम भइरहेकाले त्योभन्दा छिट्टै सकिन्छ”, उहाँले भन्नुभयो ।

रु १३ करोड ९९ लाखमा जोशी निर्माण सेवाले कामको जिम्मा लिएको छ । नाली मर्मत, ग्याबिनपर्खाल, भत्केको ठाउँमा कालोपत्रलगायत मर्मतसुधारको काम हुनेछ । सडकलाई सहज बनाउन तत्काल आवश्यक देखिएका ठाउँमा मर्मत गरिने इञ्जिनियर पाण्डेले बताउनुभयो ।

“सडकको १७ किमि दूरीमा मर्मतसुधारको काम हुन्छ, बढी क्षति १० किमिभित्र भएको छ”, उहाँले भन्नुभयो, “आउँदो वर्षायाममा सडकको मुहार फेरिन्छ, यात्रुको आउजाउ पनि सहज हुन्छ ।” निर्माण कम्पनीले डेढ सय जति कामदार लगाएर तीन/चार ठाउँबाट एकैसाथ मर्मतको काम गरिरहेको छ ।

दुई वर्षअघिको बर्षात्मा पहिराले क्षतविक्षत बनेको उक्त सडक खण्ड बेलैमा नबन्दा जनगुनासो बढेको थियो । त्यहीँमाथि गत जेठमा भएको ठूलो वर्षात्पछि खसेका पहिराले सडकमा थप क्षति निम्त्याएको थियो । जीर्ण र बिरुप बन्दै गएको लोकमार्गको मर्मतसुधारमा ढिलै भएपनि आयोजना कार्यालयले अग्रसरता लिएको छ ।

गलकोट नगरपालिका–२ का अध्यक्ष हेमन्त भण्डारीले राष्ट्रिय गौरवको आयोजना भएकाले पनि लोकमार्गको स्तरोन्नतिमा कतैबाट पनि ढिलासुस्ती हुन नहुने बताउनुभयो । “धैरेपटक हामीले पनि आवाज उठायौँ, अहिले आएर बल्ल कामले गति लिएको छ”, उहाँले भन्नुभयो, “बर्सेनि यो खण्डमा सडक भासिने र पहिरो जाने हुन्छ, दीर्घकालीन रुपमा समस्या नआउने गरी सडक पुनःनिर्माण गर्नुपर्ने देखिन्छ ।”

गलकोट–१ र २ मा पर्ने उक्त सडक अन्तर्गत जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा पहिराको उच्च जोखिम छ । दुई वर्षअघि जम्दारेको घुम्तीमा सडक भासिएपछि केही समय ठूला सवारीको आउजाउ नै रोकिएको थियो । त्यो घुम्तीमा अहिले पनि जोखिम उस्तै छ ।

गलकोट–१ का अध्यक्ष लालबहादुर रानाले कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रन सुरु भएको बताउनुभयो । वर्षात्का बेला नाली पुरिने, पहिराको व्यवस्थापन नहुने जस्ता कारणले पनि सडक बिग्रने गरेको उहाँको भनाइ छ । दीर्घकालीन रुपमा सडक सुरक्षाको काम हुन नसकेको अध्यक्ष रानाको गुनासो छ ।

सडक पुनःनिर्माण नै गर्ने भनेर रु। ४० करोडको लागत योजना प्रस्ताव गरिएको भएपनि पछि मर्मतसुधारका लागि मात्र ठेक्का भएको आयोजना कार्यालयले जनाएको छ । सामान्य पटके मर्मतले नहुने देखिएपछि बृहत्् मर्मतसुधार थालिएको हो । लोकमार्गले जिल्लामा एकसय ४२ किमि दूरी समेट्छ । घोडाबाँधे–हटिया खण्ड सबैभन्दा सुरुमा कालोपत्र भएको थियो ।

सदरमुकामदेखि घोडाबाँधे जोड्ने २५ किमि सडक भने अझै पूरा कालोपत्र हुन सकेको छैन । तल्लो खण्डको उपल्लाचौरदेखि खहरेसम्म पाँच र उपल्लोको बिहुँ खण्डमा छ किमि मात्र कालोपत्र छ ।

निर्माण कम्पनीको ढिलासुस्ती र मनपरीका कारण ठेक्का लगाएको वर्षौँसम्म पनि सडक कालोपत्र हुन नसकेको हो । लोकमार्गको पश्चिम खण्ड हटियादेखि बुर्तिबाङ हुँदै पूर्वी रुकुमको सीमासम्मै कालोपत्र भइसकेको छ । सदरमुकामतर्फ जोड्ने सडक भने मार्ग खुलेको २५ वर्ष बित्नलाग्दासमेत उस्तै हालतमा छ ।