काठमाडौं । काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा आगलागी भएको छ ।
बुधबार दिउँसो करिब ४ बजे बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो ।
प्रहरीका अनुसार चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।
आगो निभाउनको लागि पानी ट्यांकरहरू पनि परिचालन गरिएको बताइएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायत खटिएका छन् ।
आगलागीको कारण भने खुल्नमा आएको छैन ।