२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन

अदालतको फैसलालाई संसदभित्र छलफल गर्नुको कुनै अर्थ छैन: राम नारायण बिडारी (भिडियो सहित)

अदालतको फैसलालाई संसदभित्र छलफल गर्नुको कुनै अर्थ छैन: राम नारायण बिडारी (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य राम नारायण बिडारीले सर्वोच्च अदालतको फैसलाको सम्बन्धमा संसद भित्र छलफल गर्न नहुने धारणा राख्नुभयो । 

सर्वोच्चको फैसलालाई संसदले पुनरावलोकन गर्ने अधिकार नभएकाले यहाँ भित्र गर्ने छलफलको कुनै अर्थ नभएको तर्क उहाँको थियो । जनता वा विद्रोही शक्तिले फैसलाको बारेमा बोल्ने अधिकार पाएपनि संविधानअनुसार सांसद भएकाहरुले अदालतको विरुद्ध बोल्ने अधिकार नभएको उहाँको तर्क थियो । 

उहाँले भन्नुभयो – ‘के यो संसद सर्वोच्च अदालतको फैसलाको रिभ्यु गर्ने, पुनरावलोकन गर्ने ठाउँ हो ? हामीले संविधान त्यस्तै बनाएको हो ? संविधानमा त्यही लेखेको छ ? अदालतको फैसलाको छलफल जनताले गर्न सक्छन्, विद्रोहीले विद्रोह गर्न सक्छन् । यही संविधानमा सहीछाप गरेर, शपथ खाएर, ज्यान गए संविधान विरुद्ध काम गर्दिन भनेर सपथ खाएर आएका हामी सांसद अदालतको फैसलाका विरुद्धमा संसारको कुनैपनि देशमा संसदमा अदालतको फैसलाको बारे छलफल हुँदैन । 

जनता भनेको फरक हो । त्यसैले संसदले छलफल गर्न यहाँ मिल्दैन । यहाँ भइरहेको छ । यो विकृति हो । ओलीजीले संविधान मिच्नको निम्ति, किच्नको निम्ति, फोड्नको निम्ति, लुछ्नको निम्ति सिकाइयो । त्यही सिकाए बमोजिम हामीले पनि यहाँ गर्न थालियो ।’