२७ भाद्र २०८३, शनिबार
,
Latest
कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपः आज प्रि–क्वाटरफाइनलका अन्तिम खेल



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज मंगलबार अन्तिम १६ का अन्तिम दुई खेलहरु हुँदैछन् ।

मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा मोरक्को र स्पेनबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

दुबै टोलीको प्रमुख लक्ष्य जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने रहेको छ । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बनेपछि नकआउट चरणमा यी दुई टीमबीच भेट भएको हो ।

यस्तै, आजै हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । लुसिल स्टेडियममा यी दुई टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टोली पोर्चुगल र स्विट्जरल्यान्ड जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा छन् ।

पोर्चुगलले समूह ‘एच’को विजेता र स्विट्जरल्यान्डले समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएका हुन् ।

यसैबीच गएराति सम्पन्न खेलमा क्रोएसियाले जापानलाई र ब्राजिलले दक्षिण कोरियालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।