२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ प्रधानमन्त्रीले दिए देउवालाई नियुक्तिको १५ दिनपछि बधाई



अ+ अ-

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्तिको १५ दिनपछि चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बधाइ दिएका छन् । शुक्रबार चिनियाँ प्रधानमन्त्री खछ्याङले एक बधाई सन्देश पठाउँदै आगामी दिनमा नेपाल र चिनबीचको रणनीतिक सम्बन्ध थप उचाइमा पुग्ने बताएका हुन् । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपाली समकक्षी देउवालाई बधाई सन्देश पठाएको बताउदै  ट्वीटरमा यान्छीले लेखेकी छन्, ‘चिनियाँ प्रधानमन्त्री लि खछ्याङ नेपाली समकक्षीसँग सहकार्य गरी दुई देशबीचको रणनीतिक साझेदारी नयाँ उचाइमा पुर्याउन चाहन्छन् ।’

असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।