२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

यस्तो जीवनशैलीका कारण छिट्टै बुढ्यौली आउँछ

यस्तो जीवनशैलीका कारण छिट्टै बुढ्यौली आउँछ
अ अ+ अ-

काठमाडौं । आजकलको व्यस्त जीवनमा मानिसलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्ने फुर्सद छैन । त्यसैले उनीहरू जंक फूडमा झुम्मिन्छन् । यस्ता फास्टफूड शरीरका लागि पटक्कै लाभदायक हुँदैनन् ।

यस्ता कुराको सेवनले छिट्टो बूढो भइन्छ । बूढो भएपछि दाँत र शरीर कमजोर हुन्छ, गाला भित्र घुस्छ अनि चाउरी पर्छ । आजकल युवाहरूमा पनि यी सब लक्षण देखिन्छन् । यहाँ हामी केही यस्ता कारण बताउँदैछौं जसकारण समयअगावै बुढ्यौली आइलाग्छ । त्यसबाट बच्नुभयो भने जवान भइरहिन्छ ।

शारीरिक निष्क्रियता
आजकलका मानिस शारीरिक मेहनत कम गर्छन् । पसिना बगाउनै चाहँदैनन् उनीहरू । यसकारण शरीरका कोशिकाहरूमा अवाञ्छित परिवर्तन आउँछ ।

धेरै पानी पिउँदा
धेर पानी पिउँदा स्वस्थ भइन्छ भन्ने मानिसहरू ठान्छन् । तर धेर पानी पिउँदा मिर्गौलामा दबाब पर्छ र उनीहरूले धेर काम गर्नुपर्छ । पछि गएर उनीहरूको काम गर्ने क्षमता नै गुम्दै जान्छ ।

राति उठ्ने
आजकलका मानिस राति उठ्छन् अनि दिउँसो सुत्छन् । राति ढिलोसम्म मोबाइल खेलाएर बस्ने मान्छेहरू छिट्टो बिरामी हुन्छन् । प्रकृतिले नै हाम्रो शरीरलाई छिट्टो सुत्न र छिट्टो उठ्न लगाउँछ । प्रकृतिको नियमलाई उल्लंघन गर्दा छिटो बूढो भइन्छ । राति ढिलोसम्म सुत्ने मानिसको आँखामुनि कालो घेरा देखिन्छ । यसले गर्दा दिमाग पनि थाकेको जस्तो हुन्छ ।

मसलायुक्त खानेकुरा
धेर मसला हालेको खानेकुरा पचाउनका लागि शरीरले धेर मेहनत गर्नुपर्छ । धेरै मानिस खानेकुरालाई ठीक तरिकाले चबाउँदैनन् । त्यसले गर्दा उनीहरूको आन्द्रामा अतिरिक्त भार पर्छ । शरीरको ऊर्जा धेर खर्च भएर छिट्टै बुढ्यौली आउँछ ।

पिसाब वा दिसामा अनियमितता
केही मानिसहरू पिसाब वा दिसा रोकिबस्छन् । यसो गर्दा मिर्गौला र आन्द्रामा दबाब पर्छ । यो बानी पछि गएर गम्भीर रोगमा परिणत हुन्छ ।

डिप्रेसन, धेरै नूनको सेवन र नशाका कारण पनि छिट्टै बुढ्यौली आउँछ ।

तपाईं सधैं जवान रहन चाहनुहुन्छ भने माथि बताइएका कुरामा विचार पुर्याउनुस् ।