२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

पुर्खाले सुम्पेका धरोहर संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व हो: मुख्यमन्त्री पौडेल

पुर्खाले सुम्पेका धरोहर संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व हो: मुख्यमन्त्री पौडेल
file
अ अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुर्खाले सुम्पेका धरोहरको सम्पदाको रूपमा संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व भएको बताउनुभएको छ । चन्द्र शम्शेरको पालामा १०४ वर्षअघि निर्माण भएको चुरियामाइ सुरुङमार्गको पुनःनिर्माणको आज शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यस्ता सम्पदाको संरक्षणले यहाँको विकासको मूल फुटाउने उल्लेख गर्नुभयो । 

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फँुयालले प्रदेश सरकारले शुरुआत गरेका विकास निर्माणका काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम निर्माणका क्रममा नै यस सुरुङ, चन्द्र ज्योति विद्युत्गृहलगायतका देशका शानहरुको संरक्षणका लागि कार्यक्रम बनाउन निर्देशन दिनुभएको उहाँले स्मरण गर्नुभयो ।

मन्त्री फुँयालले परम्परागत ज्ञान, सीप  तथा कलाको पुस्तक हस्तान्तरणका लागि पनि सुरुङमार्गको पुनःनिर्माणको आवश्यकता भएको धारणा राख्नुभयो । एक सय चार वर्षअघि निर्माण भएर विसं २०२० सम्म सञ्चालनमा रहेको सुरुङमार्ग हाल भग्नावशेषका रूपमा रहेको छ ।