२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य राज्यन्त्रीलाई असोजभित्र कोरोना विरुद्धको खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले असोजभित्र कोरोना विरुद्धको खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । बुधबार स्वास्थ्य राज्यन्त्री उमेश श्रेष्ठसँग अर्थ मन्त्रालयमा भएको छलफलमा उनले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।

असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्न सक्ने भन्दै खोप खरिदका लागि बजेटको कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन–जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन आग्रह गरेका हुन् ।

देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकाले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भए पनि खोप खरिदमा लगाइने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री शर्माले प्राप्त भएका खोप समेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।