२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

चीनमा आलोचक अर्बपतिलाई १८ वर्ष जेलसजाय

चीनमा आलोचक अर्बपतिलाई १८ वर्ष जेलसजाय
अ अ+ अ-

एजेन्सी । चीनले प्रमुख उद्योगपतिहरूलाई दण्डित गर्ने पछिल्लो कदमअन्तर्गत हक्की स्वभावका एक प्रसिद्ध अर्बपतिलाई १८ वर्षका लागि जेलसजाय गरेको छ।

सन दावूले उत्तरी हेबेई प्रान्तमा रहेको देशका सबैभन्दा ठूलामध्ये एक निजी कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन्।

सतसट्ठी वर्षीय सनले विगतमा मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयहरूका बारेमा बोलेका थिए।

झैझगडा शुरू गरेको र समस्या निम्त्याएको आरोपमा उनलाई दोषी पाइएको छ। त्यो आरोप प्रायः अधिकारकर्मीहरूमाथि लगाउने गरिएको छ।

के छन् अन्य आरोप ?
उनीमाथि लगाइएका अन्य आरोपमा गैरकानूनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायहरूमाथि आक्रमणका लागि भिड जम्मा पारेको र सरकारी मजदुरहरूको काममा अवरोध पुर्‍याएको लगायत छन्।

उनलाई ३१ लाख १० हजार युआन जरिवाना पनि तिर्न लगाइएको छ।

अर्बपति सनको कम्पनी चीनका ठूला कम्पनीमा पर्छ जुन कम्पनीले मासु प्रशोधनदेखि घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्ममा काम गर्छ।

सरकारी स्वामित्वको एउटा फार्मसँग जग्गासम्बन्धी विवादलाई लिएर गत वर्ष नै २० जना आफन्त तथा व्यापार सहयोगीसहित सनलाई गिरफ्तार गरिएको बताइएको छ।

समाचार संस्था एएफपीका अनुसार त्यति बेला उनले प्रहरीबाट आफ्ना दर्जनौँ कामदार घाइते भएको बताएका थिए।

सरकारी नीतिका आलोचक
चीनका केही प्रमुख राजनीतिक आलोचकहरूसँग सन नजिक रहेको र विगतमा उनले सरकारका ग्रामीण नीतिहरूको आलोचना पनि गरेका थिए।

अफ्रिकन स्वाइन फ्लु फैलिएको घटनालाई ढाकछोप गरेकोमा चिनियाँ सरकारको आलोचना गर्ने थोरै व्यक्तिमा सन पनि पर्छन्।

सन् २०१९ मा चीनमा फैलिएको अफ्रिकन स्वाइन फ्लुबाट अर्बपति सनका पनि व्यवसाय प्रभावित भएको थियो र पछि त्यस देशको अधिकांश कृषि क्षेत्रमा व्यापक असर पुर्‍याएको थियो।

गैरकानूनी रूपमा पैसा सङ्कलन गरेको आरोपमा सन् २००३ मा पनि उनलाई जेलसजाय सुनाइएको थियो।

तर अधिकारकर्मी तथा नागरिकहरूले उनीप्रति जनाएको व्यापक समर्थनपछि त्यो मुद्दा उल्टाइएको थियो।

मुद्दाको पूर्वसुनुवाइका क्रममा उनले आफूविरुद्ध लगाइएका धेरै आरोपहरू अस्वीकार गरेको र आफूलाई ूकम्युनिस्ट पार्टीका एक राम्रा सदस्यू का रूपमा चिनाएको बताइन्छ।

चिनियाँ सरकारले देशका व्यापारी तथा उद्योगपतिमाथि कारबाही गर्दै आएको छ।

नियमनसम्बन्धी विवादलाई लिएर अहिले अलीबाबा, डीडी र टेन्सेन्टसहित ठूला प्रविधि कम्पनीहरूमाथि अनुसन्धान भइरहेको छ। बीबीसी