२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा मिल्यो मन्त्रीको भागबण्डा, कसले कति मन्त्रालय पाउने ?



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिने सहमती भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलले मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले  काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउने गरी सहमती भएको एक नेताले बताए । उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । 

छलफलमा कुन मन्त्रालय कसले पाउने भन्ने विषयले प्रवेश पाएपनि मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले खोल्न चाहेन ।

राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागेको छ । गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि काँग्रेस र जसपाको बैठक बस्दैछ ।

काँग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।

यस्तै, जसपा कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ ।