२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई वीरगंज महानगरपालिका-१६ इनर्वाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा  झापा विर्तामोड-९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका-१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश्वकर्मा रहेका छन । झापाबाट १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पुर्‍याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँगको समन्वयमा उनीहरुको उद्धार गरेको थियो । 

थप अनुसन्धानको क्रममा उनीहरुले ती किशोरी र युवतीलाई वीरगंजमा अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभनमा पारी वीरगंज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्‍याउने भन्दै झुक्याई भारत बिहारको छौँडादानो भन्ने स्थानमा लगी भारतकै अन्यत्र पठाउन खोजेको खुल्न आएको छ । 

उनीहरु उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । साथै उक्त घटनामा संलग्न हाल फरार अन्य ३ जनाको समेत प्रहरीले खोजी गरिरहेको छ ।