२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

हतियार देखाई लुटपाट गर्न खोज्ने ६ जना पक्राउ

हतियार देखाई लुटपाट गर्न खोज्ने ६ जना पक्राउ
अ अ+ अ-

मोरङ । सुन्दरहरैचा नगरपालिका-१० त्रिबेणी चोक बस्ने खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोजेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्नेहरु संखुवासभा सभापोखरी गाउँपालिका-४ घर भएका ३९ वर्षीय प्रकाश भन्ने चन्द्र बहादुर राई, संखुवासभा बारबिसे गाउँपालिका-६ घर भएका ३० वर्षीय चिरञ्जिवि राई, भोजपुर पौवादुम्मा गाउँपालिका-३ घर भएका ३० वर्षीय नगेन्द्र राई, सुनसरी गढी गाउँपालिका-१ बस्ने ४५ वर्षीय डाईमण्ड भन्ने प्रमोद चौधरी, मोरङ सुन्दरहरैचा नगरपालिका-५ बस्ने २२ वर्षीय मिशन राई र मोरङ सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् ।

उक्त ज्वेलर्समा असार ३१ गते ६ जना मोटरसाइकलमा आई लुटपाट गर्न योजना बनाए पनि सफल हुन नसके पश्चात वुढी खोलाको बाटो हुँदै ईटहरीतर्फ गएको र साथमा लगेको हतियार नमुना सामुदायिक वन जंगलमा रूखको टोड्कोमा लुकाई छिपाई राखेको तथा साउन १ गते दिउँसो उक्त ज्वेलर्समा लुटपाट गर्ने उद्देश्यले हतियार सहित प्रमोद चौधरी लगायत ३ जना प्रवेश गरेको र अन्य ३ जना उक्त पसलको वरिपरि निग्रानी गरी बसेको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै सुन्दरहरैचा नगरपालिका-५ नमुना सामुदायिक वनको करमको रूखको टोड्कोभित्र लुकाई राखेको अवस्थामा घटनामा प्रयोग भएका १ थान एसएमजी, सोको १ थान म्याग्जिन, ६२ राउण्ड गोली, १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, २ राउण्ड गोली, १ थान कटुवा पेस्तोल, थ्रिनटथ्रि राइफलको ४ राउण्ड गोली र २ थान संचार सेट प्रहरीले बरामद गरेको छ । साथै उनीहरुको साथबाट को।२ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १-०२-०४४ प ५९९५ मोटरसाईकल, को.२० प १८६ मोटरसाईकल, को.८ प ६५८३ मोटरसाईकल, को.२१ प ६७०३ मोटरसाईकल, ८ थान मोबाइल र नगद १६ हजार १ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।