२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको विवाद वार कि पार गरौँ, अब धेरै कुर्न सकिन्न : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको विवाद वार कि पार गर्न निर्देशन दिएका छन् । बिहीबार पार्टी कार्यालय थापाथली पुगेका ओलीले आफु पार्टी एकताका लागि लचिलो भएनी बाहिर उल्टो हल्ला फैलाएकाले अब विवाद वार कि पार गर्नुपर्ने निर्देशन दिएका हुन् । 

 आफू विरुद्ध पार्टी एकताको लागि पहल नगरेको भ्रम फिँजाइएको भन्दै जे–जे गर्नु पर्ने शुक्रबार रातिसम्म गरेर शनिबारको स्थायी कमिटी बैठकबाट टुंग्याउन आग्रह गरेका छन् । 

‘म यति लचिलो छु। तर, बाहिर चाहिँ मैले पहल नगरेको भ्रम फिँजाइएको छ। अब धेरै कुर्न सकिन्न । शनिवारसम्म कि वार कि पार गरौँ । जे–जे गर्नुछ, शुक्रबार रातिसम्म गरौँ, शनिवार बिहान स्थायी समिति बैठक बोलाउनूस्। सबै त्यहीँबाट टुंग्याऊँ,’ ओलीले महासचिव ईश्वर पोखरेललाई निर्देशन दिँदै भने ।