२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीबाट पदमुक्त भएका पाँच नेताको मुद्दा हेर्न नभ्याइनेमा



अ+ अ-

काठमाडौं । काठमाडौं । माओवादी केन्द्रले कारवाही गरेपछि पदमुक्त भएका ४ जना संघीय सांसद र एकजना प्रदेश सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए । त्यस्तै लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपानेले साउन ४ गते रिट दर्ता गराएका थिए ।

पाँचैजनाको रिटमाथिको सुनुवाइका लागि वरिष्ठतम न्यायाधीश दीपक कार्कीको इजलासमा आजका लागि पेसी तोकिएको थियो । तर, आज हेर्न नभ्याइनेमा परेको हो ।

आफूहरूलाई माओवादीले गरेको कारवाही गैरकानूनी भएको भन्दै उनीहरुले उत्प्रेषणको आदेशबाट सांसद पदमा वहाली माग गरेका छन् ।  दल त्याग नगरेको दावीसमेत उनीहरुले गरेका छन् ।