२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाध्यक्ष नेम्वाङ र दुई पत्रकारमाथि छानविनको मागसहित एन्फामा अल्मुताइरीको निवेदन



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)मा निवेदन दिएका छन् । 

उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र दुई पत्रकारमाथि छानविन गर्न निवेदन दिएका हुन् ।

नेम्वाङले आफूलाई राजीनामा दिन बाध्य पारेको उल्लेख गर्दै प्रशिक्षक अब्दुल्लाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए । 

त्यसपछि एन्फा मुख्यालय पुगेका प्रशिक्षक अब्दुल्लाले राजीनामा भने दिएका छैनन् ।

यस्तै एक अनलाइनका दुई पत्रकारले प्रशिक्षकले सार्वजनिक स्थलमा धुम्रपान गरिरहेको विषयमा प्रश्न गर्दा भएको विवादले पनि सामाजिक सञ्जालमा चर्चा चलेको थियो । 

यीनै दुई प्रकरणमा आफूसँग जोडिएका दुई पत्रकार र उपाध्यक्ष नेम्वाङमाथि छानविन गर्न माग गर्दै एन्फामा विहीबार निवदेन दिएका छन् ।

यता एन्फाले शुक्रबार कार्य समितिको बैठकमा यसबारे कुरा उठ्ने बताएको छ ।