२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हेर्नेछु: विश्वनाथ पौडेल (भिडियो सहित)



अ+ अ-

काठमाडौं । योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताउनुभएको छ । बिहीवार बिहान भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो ।
 
उहाँले अब रेगुलर कामका साथै ओभरल प्लानिङको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताउनुभयो ।   

उपाध्यक्ष पौडेलले भन्नुभयो, “कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ, त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरुलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरुलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सरहरु र कर्मचारीबाट यही अपेक्षा छ ।” उहाँले आफ्नो बाँकी  कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा गर्नुभयो ।