२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण मानीस खानै नपाए भोकै मर्ने दिन आउदै



symbolic picture
अ+ अ-

काठमाडौं । हालै प्रकाशित एक नयाँ अध्ययनमा विगत एक दशकमा पहिलेको तुलनामा मौरीहरूको एक चौथाइ संख्या गायब भएको पाइएको छ । 

मौरीले पृथ्वीमा जीवन विकासको गहन जिम्मेवारी पाएको छ । मौरी नहुने हो भने वनजंगल मात्र नभई संसारकै पेट भर्ने खाद्यान्न पनि जोखिममा पर्छ । अनि मानिस भोकभोकै बस्नुपर्ने स्थिति आउँछ ।  

मौरीका २० हजारभन्दा बढी प्रजाति हुन्छन् र तीमध्ये एक दर्जनले मह बनाउँछन् । लगभग सबै प्रजातिहरू अन्नबाली र जंगली बोटबिरुवाको परागसेचनका लागि आवश्यक छन् । 
 

अर्जेन्टिनाका अनुसन्धाताहरूले सिटिजन साइन्स प्रोजेक्ट्स तथा डेटाबेसको आधारमा गरेको अध्ययनमा सन् २००६ देखि २०१५ को बीचमा सन् १९९० भन्दा अघिको तुलनामा २५ प्रतिशत कम मौरी देखिएका छन् । उनीहरूको संख्यामा यति धेरै कमी आउँदा संकटको आशंका गरिएको छ । 

मानव गतिविधिले मौरीहरूमा असर पारेको वैज्ञानिकहरू बताउँछन् । कीटनाशकहरूको अत्यधिक उपयोगले गर्दा जंगली बोटबिरुवामा नकारात्मक असर परिरहेको छ । 
 

भीरमौरी मात्र त्यस्तो प्रजाति हो जुन राति खाना खोज्न निस्कने गरेको छ र त्यो उज्यालोप्रति आकर्षित हुन्छ । ठूला भवनमा पेस्ट म्यानेजमेन्ट कम्पनीहरू आएर मौरीको घारलाई रसायन हानेर मार्ने गरेका छन् । 

कीटनाशक, जलवायु परिवर्तन अनि बस्ने ठाउँको अभावका कारण मौरीहरू संकटमा पर्न थालेका छन् । उनीहरूको संख्या घट्दै गएको प्रवृत्तिले जोखिमको सन्देश दिएको वैज्ञानिकहरू बताउँछन् । यसले मानवजातिमा खाद्यान्नको अभाव गराउने उनीहरूको भनाइ छ ।