• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी ★   साउदीमा चरम गर्मीका कारण हजमा गएका एक हजारभन्दा बढी तीर्थयात्रीको मृत्यु ★   पुल्चोक, नेपाल ल र टियु सेन्टर क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्दा न्युनतम पारिश्रमीक पाउने ★   पूर्व भारतीय क्रिकेटरले गरे आत्महत्या ★   पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँ: गृहमन्त्री ★   पहिरोले पुल बगाएपछि आवगमन ठप्प ★   चेस प्रतियोगिता यसै सातादेखि ★   बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँ: काँग्रेस प्रमुख सचेतक लेखक ★   एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत ★   लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिक पक्राउ

ओलीलाई बालेनको काउन्टरः कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला



काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रती आक्रोश पोखेका छन् ।

मेयर शाहले बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौँ महानगरले गरेको कार्यप्रति ओलीले प्रतिक्रिया जनाएको भन्दै त्यसमा असन्तुष्टि जनाएका हुन् ।

अध्यक्ष ओलीले मंगलबार राष्ट्रिय जन सांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएर बालेनले सत्ताको उन्माद देखाएको टिप्पणी गरेका थिए ।

ओलीको यस्तो अभिव्यक्तिमाथि बालेनले आक्रोश पोख्दै २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्वासी समस्या समाधान गर्न नसकेको आरोप समेत लगाएका छन् । ‘

मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ।’ बालेनले भनेका छन् ‘सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ?’

यस्तै, मेयर शाहले हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाइयो भन्ने प्रश्न गर्दै नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको ओलीले बिरोध गर्नु सामान्य नरहेको समेत प्रतिक्रिया दिएका छन् ।

शाहले परिस्थिति फेरिएको बताउँदै ओलीलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । उनले भनेका छन् ‘तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’