४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण, धेरै परिश्रम नपर्ने जिम्मेवारीलाई जारी राख्ने



अ+ अ-

एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

“महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको छ ।

पन्चान्नब्बे–बर्षीया महारानीले आगामी साता निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको स्रोतले जनाएको छ । 

दरबारबाट प्रेषित एक विज्ञप्तिमा भनिएको छ, “‘बकिङहम प्यालेस’द्वारा आइतबार जारी सूचनामा महारानीलाई हल्का लक्षणसहित कोभिड सङ्क्रमण पुष्टि भएको छ ।” 

विज्ञप्तिमा थप भनिएको छ, “उहाँले हल्का चिसाको लक्षणहरूको अनुभव गरिरहनुभएको छ । यद्यपि आगामी हप्तामा विन्ड्सरबाटै हल्का खालका जिम्मेवारीलाई सम्हाल्नुहुनेछ ।” 

“उहाँको निरन्तर स्वास्थ्य उपचार भइरहने र कोभिडजन्य नियमका सबै आवश्य निर्देशनहरू पालन गर्नुहुनेछ ।” 

बेलायतको राजगद्दीका उत्तराधिकारीसमेत रहेका महारानीका जेठा छोरा राजकुमार चाल्र्सले विन्ड्सरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि फेब्रुअरी १० मा कोभिड सङ्क्रमण पुष्टि भएको समाचार बेलायती सञ्चारमाध्यममार्फत् बाहिरिएको हो । 

त्यतिबेला महारानी एलिजाबेथ आफैले कोभिड परीक्षण गर्नुभएको थियो वा थिएन भन्नेबारे कुनै जानकारी दिइएको थिएन । उहाँले गत हप्ता दरबारमा केही व्यक्तिहरूसँग भेट्नुभएको थियो । 

उनीहरूमध्ये एक जना पाहुनालाई कोभिड सङ्क्रमणको स्पष्ट लक्षण देखिएको बताइएको थियो । 

महारानीको स्वास्थ्यको बारेमा सूचनाहरू सामान्यतया गोप्य नै राखिने गरिन्छ । दरबारले उहाँले कोभिड–१९ विरुद्धको सबै खोप लगाइसकेको यसपहिले नै पुष्टि गरेको थियो ।