• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार ★   सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो ★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

सुनसरी ४ को अवरुद्ध मतगणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी



काठमाडौँ । सुनसरी ४ को अवरुद्ध मतगणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ ।

सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उमेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मत गणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिनुभएको हो । सोमवार पत्रकार सम्मेलनको आयोजना गरी एमाले उमेदवार कुसियतले मत गणनामा आलटाल भइरहेको र कानूनसंगत मत गणना गर्न आग्रह गर्नुभयो ।

उहाँले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून विपरित विषय उठान गरी मत गणना अवरुद्ध पारेको आरोपसमेत लगाउनु भयो । उहाँले मत गणनामा ढिलाइ भए एमाले सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिनुभयो ।

पत्रकार सम्मेलनमा उम्मेदवार कुसियैतले भन्नुभयो, ‘गणनामा आलटाल भइरहेको छ । एमाले कानूनसंगत अघि बढ्न चाहन्छ । तसर्थ आयोगले तत्काल निर्णय दिओस् र गणना सुचारू होस् । सञ्चारमन्त्री आफैँ हुनुहुन्छ, सरकारका प्रवक्ता र सरकारमा आफैँ हुनुहुन्छ, मलाई न्याय चाहियो रे ? कस्तो खालको न्याय हो ।’

सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणनामा काँग्रेसले धाँधलीको आरोप लगाएको छ । सो विषयलाई लिएर कांगेसले निर्वाचन अधिकृतको कार्यलयमा पुनः मत गणनाको माग सहितको उजुरी हालेको छ ।