५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सुनसरी–४ को मतगणना स्थगित, निष्पक्ष मतगणना गर्न माग

सुनसरी–४ को मतगणना स्थगित, निष्पक्ष मतगणना गर्न माग
file photo
अ+ अ-

सुनसरी । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गर्नुभएको छ ।

मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उहाँले आज साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गर्नुभयो । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा जारी रहेको मतगणनामा धाँधली भएको आशङ्का रहेकाले मतगणना स्थगित गरी सर्वदलीय बैठक डाकिएको थियो ।

शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम सूचीमा नेपाली कांग्रेसले प्राप्त गरेको छ सय छ मत नेकपा९एमाले०को उम्मेदवारको पक्षमा जोडेको कांग्रेसको भनाइ छ ।

सुनसरी बराहक्षेत्र–८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मत परिणाममा एमालेको पक्षमा छ सय छ मत थप गरी २० हजार दुई सय ११ मत परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो ।

यसरी एक पटकमा छ सय छ मत एमालेको पक्षमा थपेर सार्वजनिक गरेको विषय छानबिन गरी निष्कर्ष निकालेर मात्र मतगणना गर्न कार्कीले माग गर्नुभएको हो । अनधिकृतरूपमा मतगणाका लागि कार्मचारी पठाएको, मतपत्र जाँच नगरेको, आवश्यकताभन्दा बढी कर्मचारी खटाइए पनि सुस्त गतिमा मतगणना भएको लगायत आरोप कांग्रेसको छ ।

कांग्रेसको तर्फबाट सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, एमालेका तर्फबाट उम्मेदवार रहनुभएका जगदीशप्रसाद कुसियैतलगायत विभिन्न पार्टीका नेताहरूको सहभागितामा सर्वदलीय बैठक बसेको हो ।