२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुखै नखोली गृहमन्त्री हराउने नेता



अ+ अ-

काठमाडौं । रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरा निर्वाचन अबधिभर मौन रहे ।

उनले कतै पनि भाषण गरेनन् । शुभेच्छुक र मतदातालाई नमस्कार मात्र गरे । गृहमन्त्री समेत रहेका र केन्द्रमा पाँचदलको तथा रुपन्देहीमा ६ दलको समर्थनमा उम्मेदबार बन्नुभएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडको प्रचार शैली निकै आक्रमक नै थियो । ठुला देखी कोणशभा सम्म । मोटर देखी मोटरसाईकलमा माईक राखेर प्रचार गरिएको थियो ।

तर बोहोरा भने मौन थिए । मतदातालाई हात मात्र जोडेका हुन्थे । कहि कतै बोल्नु परे उनका तर्फबाट राप्रपा नेता निरञ्जन थापा, राप्रपाका जिल्ला अध्यक्ष प्रदीप उदय, सागरप्रताप राणा, युवराज घिमिरे लगायतले सम्बोधन गर्दथे ।

पोस्ट कोभिडका कारण घाटिमा समस्या देखिएपछि उनी चिकित्सकको सल्लाहमा ‘भ्वाइस रेस्ट’ मा बसेका छन् । यस बिचमा उनि उपचारका लागि कहिले भारत त कहिले अमेरिका पुगे । अझै केही समय उनि भ्वाइस रेस्ट’मा नै बस्नु पर्ने सल्लाह चिकित्सकहरुले दिएका छन् ।

बोहोराले २६ सय ४२ मतको अन्तरमा गृहमन्त्री खाँणलाई पराजित गरे । बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरे भने खाँणले ३४ हजार ६ मत पाए।