२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित



अ+ अ-

काठमाडौँ । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व वनमन्त्री रामसहायप्रसाद यादव विजयी भएका हुन् ।

संविधान सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यादवको १३ हजार आठ सय २३ मत अएको छ भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार चार सय ६८ मत पाएका थिए ।

यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादवले १० हजार सात सय ५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले सात सय ९८, जनमत पार्टीका राजेश साहले दुई हजार सात सय २५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले एक हजार एक सय ११ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचित भएपछि यादवले प्रतिक्रिया दिँदै जनताको भरोसा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे ।