९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहा–२ मा राजकिशोर यादव विजयी, चित्रलेखा पराजित



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाउनुभएको हो । उहाँहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ ।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो हुनुभएको छ । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको थियो ।