१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल निर्वाचित



अ+ अ-

रूपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतको अन्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले २७ हजार १४८ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, जनमुक्ति पार्टीका केशव सुर्यवंशीले २१ हजार ९८६ मत ल्याउनुभयो । रुपन्देहीबाट पौडेल पाँचौं पटक सांसदमा चयन हुनुभएको हो ।

०५१ मा पाल्पा र त्यसपिछ रूपन्देहीबाट चुनाव लड्दै आउनुभएका पौडेलले २०६४ सालमा काँग्रेसका सूर्यप्रसाद प्रधान, २०७० मा माओवादीका डा. बाबुराम भट्टराई र २०७४ सालमा काँग्रेसका युवराज गिरीलाई पराजित गर्नुभएको थियो ।