१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकतर्फ एमालेको अग्रता कायमै



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रबिष्ट तथ्याङ्कअनुसार एमालेले १३ लाख ९५ हजार चार सय सात मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले १३ लाख २७ हजार छ सय १३, राष्ट्रिय स्वतन्त्र पार्टीले छ लाख ४१ हजार दुई सय २८, नेकपा (माओवादी केन्द्र) ले पाँच लाख ९८ हजार नौ सय ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २७ हजार चार सय ८३, नेपाल मजदुर किसान पार्टीले ५८ हजार छ सय ६९, जनता समाजवादी पार्टी नेपालले एक लाख ५९ हजार सात, जनमत पार्टीले एक लाख तीन हजार छ सय ६१, नागरिक उन्मुक्ति पार्टीले एक लाख पाँच हजार तीन सय ८६ र नेकपा (एकीकृत समाजवादी) पार्टीले एक लाख नौ हजार छ सय ७७ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ६८ हजार दुई सय ५३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले दुई लाख ६४ हजार दुई सय ७२, कांग्रेसले दुई लाख ३७ हजार आठ सय ८२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८८ हजार चार सय ३९, माओवादी केन्द्रले ७५ हजार ४३ र जनता समाजवादी पार्टी, नेपालले ३६ हजार ६८ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसले एक लाख ६० हजार १५, एमालेले ८१ हजार ६४, जनता समाजवादी पार्टी नेपालले ७० हजार सात सय २६, जनमत पार्टीले ५३ हजार १६ र माओवादी केन्द्रले २८ हजार पाँच सय ४२ मत प्राप्त गरेका छन् ।

बागमती प्रदेशमा एमालेले दुई लाख २० हजार चार सय २१, कांग्रेसले एक लाख ९७ हजार एक सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २७ हजार एक सय २९, माओवादी केन्द्रले ९५ हजार सात सय आठ र नेपाल मजदुर किसान पार्टीले ५८ हजार पाँच सय ७८ मत प्राप्त गरेका छन् ।

गण्डकीमा एमालेले दुई लाख ४७ हजार छ सय १५, कांग्रेसले दुई लाख २१ हजार दुई सय, माओवादी केन्द्रले ९८ हजार आठ सय ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३६ हजार दुई सय ५४ र नेकपा ९एकीकृत समाजवादी० १२ हजार दुई सय सात मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेले तीन लाख २० हजार पाँच सय, कांग्रेसले दुई लाख ८५ हजार एक सय ५४, माओवादी केन्द्रले एक लाख १७ हजार तीन सय २०, राप्रपाले ७५ हजार चार सय २८ र नागरिक उन्मुक्ति पार्टीले ४४ हजार दुई सय ९० मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशमा माओवादीले ६६ हजार ५०, एमालेले ६५ हजार पाँच सय दुई, कांग्रेसले ५१ हजार असी, नेकपा (एकीकृत समाजवादी)ले १५ हजार आठ सय ६८, राप्रपाले सात हजार नौ सय ५१ र नेपाल मजदुर किसान पार्टी तीन हजार सात सय २८ मत प्राप्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा एमालेले एक लाख १२ हजार छ सय ९३, कांग्रेसले एक लाख दुई हजार ४७, माओवादी केन्द्रले ५१ हजार चार सय ८०, राप्रपाले १२ हजार सात सय एक र नागरिक उन्मुक्ति पार्टीले ३० हजार सात सय ३८ मत प्राप्त गरेका छन् ।