• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति

पराजय पछि प्रदीपको प्रतिक्रिया: सफलता र विफलता जिन्दगीका अविभाज्य हिस्सा हुन्



काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका चन्द्र भण्डारी संग पराजित भएपछि (एमाले) का उपमहासचिव एबं उम्मेदवार प्रदीप ज्ञवालीले म संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति सधै क्रियाशिल रहने जनाउनु भएको छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ ‘पराजयले ममा कुनै सन्देह छैन। यस परिणामलाई मैले स्थितप्रज्ञ भावले ग्रहण गरेको छु।”

उहाँले लेख्नुभएको छ

धन्यवाद तथा आभार

प्रतिनिधिसभा निर्वाचनमा मप्रति व्यक्त गर्नुभएको माया, सद्भाव र अमूल्य मतका लागि गुल्मी– १ का आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । निर्वाचन अभियानका क्रममा प्राप्त वृद्ध बुवाआमाहरुको आशीर्वाद, युवाहरुको उर्जा र कलिला नानीहरुका आँखामा प्रतिविम्बित निश्छल माया अनि बैशाखी टेकेर र अरूको सहारा लिएर भए पनि मतदान केन्द्रमा आई भोट हाल्नु हुने अपाङ्गता भएका व्यक्तिहरूको अवर्णनीय विश्वास मेरा निम्ति हमेशा प्रेरणाका स्रोत बनिरहने छन् ।

गएको दुई महिनादेखि सफलताको एक मात्र सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी कमरेडहरु, काखमा नानी बोकेर घर दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, काठमाडौं, पोखरा, रुपन्देही, नवलपरासी, चितवन, नेपालगञ्ज लगायत टाढा–टाढाबाट आएर अभियानमा जोडिनु हुने सम्पर्क मञ्चका साथीहरु, मत दिनकै लागि प्रवासबाट समेत आइपुग्नुभएका प्रियजनहरु, कलाकार मित्रहरु र स्वयंसेवक साथीहरु सबैप्रति कृतज्ञ छु ।

सशरीर गुल्मी उपस्थित हुन नसके पनि विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नु हुने एवं प्रत्यक्षरअप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । अभियानको व्यापक कभरेजका लागि सबै सञ्चारकर्मीहरु र निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।

अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ ।

ओराली र उकाली यात्राका अभिन्न अङ्ग हुन् भने सफलता र विफलता जिन्दगीका अविभाज्य हिस्सा। म संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति ममा कुनै सन्देह छैन। यस परिणामलाई मैले स्थितप्रज्ञ भावले ग्रहण गरेको छु।

वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि तपाईंको मनको प्रतिनिधिका रुपमा दुःख सुखका हरेक पलमा तपाईंहरुले मलाई आफ्नो साथमा पाउनु हुनेछ । मेरो सिङ्गो जीवन राष्ट्र र जनताको हित, जिल्लाको समग्र विकास र जिल्लावासीहरुको सेवामा समर्पित हुने छ ।

प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित हुनुभएकोमा सत्ता गठबन्धनका उम्मेदवार डा. चन्द्रकान्त भण्डारीलाई हार्दिक वधाइ र सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।
प्रदीपकुमार ज्ञवाली