• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु

संसदमा रोचक संयोग: हजुरबादेखि नाति पुस्तासम्मको प्रतिनिधित्व



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । मत परिणाम पनि सार्वजनिक भइरहेका छन् । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा केही हेभिवेट भनिएका उम्मेदवार पराजित भएका छन् भने चर्चामा नआएका केही नयाँ अनुहार संसद्मा प्रवेश गर्दैछन् ।

प्रतिनिधिसभा निर्वाचनमा के कस्ता परिणाम आए हेरौँ:

दुई कम्युनिष्ट पार्टीका दुवै महासचिव पराजित, महामन्त्रीहरु निर्वाचित

प्रतिनिधिसभा निर्वाचनमा यसपटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ पराजित हुनुभएको छ । रोचक त के छ भने दुवैलाई एकापसका दलका उम्मेदवारले पराजित गरेका छन् । पोखरेललाई माओवादी केन्द्रका रेखा शर्माले र गुरुङलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पराजित गर्नुभयो ।

तर नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीहरु धवलशम्शेर जबरा, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे निर्वाचित भइसक्नुभएको छ ।

मुलुकलाई नेतृत्व गरिसकेका पाँचमध्ये चारको जीत एकले हार्ने संकेत

मुलुकको बागडोर सम्हालिसकेका चार प्रधानमन्त्री यसपटकको प्रतिनिधिसभामा प्रवेश गर्दै हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट–१ बाट निर्वाचित हुनुभएको छ । तर पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम–१ मा पराजयको संघारमा हुनुहुन्छ ।

केही मधेशवादी दलबाहेक सबै राजनीतिक दलका अध्यक्ष निर्वाचित

यस पटकको निर्वाचनमा प्रमुख राजनीतिक दलका अध्यक्ष निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ,जनमत पार्टीका अध्यक्ष सिके राउत र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्छ ।

मधेशवादी दलमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पराजित हुनुभएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुने टुंगो लागेको छैन । त्यस्तै एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिनिधिसभा निर्वाचनमा होमिनुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पराजित हुनुभएको छ

संसद्मा सबैभन्दा कम उमेरकी सोविता गौतम र सबैभन्दा ज्येष्ठ सांसद चित्रबहादुर केसीबीच भेट हुने भएको छ । २७ वर्षकी गौतम राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ–२ बाट र ८२ वर्षीय केसी बागलुङ–१ बाट विजयी बन्नुभएको हो ।