५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

संसदमा रोचक संयोग: हजुरबादेखि नाति पुस्तासम्मको प्रतिनिधित्व

संसदमा रोचक संयोग:  हजुरबादेखि नाति पुस्तासम्मको प्रतिनिधित्व
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । मत परिणाम पनि सार्वजनिक भइरहेका छन् । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा केही हेभिवेट भनिएका उम्मेदवार पराजित भएका छन् भने चर्चामा नआएका केही नयाँ अनुहार संसद्मा प्रवेश गर्दैछन् ।

प्रतिनिधिसभा निर्वाचनमा के कस्ता परिणाम आए हेरौँ:

दुई कम्युनिष्ट पार्टीका दुवै महासचिव पराजित, महामन्त्रीहरु निर्वाचित

प्रतिनिधिसभा निर्वाचनमा यसपटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ पराजित हुनुभएको छ । रोचक त के छ भने दुवैलाई एकापसका दलका उम्मेदवारले पराजित गरेका छन् । पोखरेललाई माओवादी केन्द्रका रेखा शर्माले र गुरुङलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पराजित गर्नुभयो ।

तर नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीहरु धवलशम्शेर जबरा, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे निर्वाचित भइसक्नुभएको छ ।

मुलुकलाई नेतृत्व गरिसकेका पाँचमध्ये चारको जीत एकले हार्ने संकेत

मुलुकको बागडोर सम्हालिसकेका चार प्रधानमन्त्री यसपटकको प्रतिनिधिसभामा प्रवेश गर्दै हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट–१ बाट निर्वाचित हुनुभएको छ । तर पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम–१ मा पराजयको संघारमा हुनुहुन्छ ।

केही मधेशवादी दलबाहेक सबै राजनीतिक दलका अध्यक्ष निर्वाचित

यस पटकको निर्वाचनमा प्रमुख राजनीतिक दलका अध्यक्ष निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ,जनमत पार्टीका अध्यक्ष सिके राउत र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्छ ।

मधेशवादी दलमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पराजित हुनुभएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुने टुंगो लागेको छैन । त्यस्तै एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिनिधिसभा निर्वाचनमा होमिनुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पराजित हुनुभएको छ

संसद्मा सबैभन्दा कम उमेरकी सोविता गौतम र सबैभन्दा ज्येष्ठ सांसद चित्रबहादुर केसीबीच भेट हुने भएको छ । २७ वर्षकी गौतम राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ–२ बाट र ८२ वर्षीय केसी बागलुङ–१ बाट विजयी बन्नुभएको हो ।