काठमाडौं । डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा ११ हजार २२५ मत ल्याएर निर्वाचित हुनु भएको छ ।
उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहेका राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गर्नुभयो ।