६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.32

Wind: 1.54

Humidity: 60

Latest
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौंः पर्यटनमन्त्री पाण्डे सरकारको बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित वर्षा बाधक बन्दा खेल रद्दः अफगानिस्तान विश्वकपमा छनोट, नेपाल बाहिरियो ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ’ काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैनः गृहमन्त्री चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता: ‘शेइयान२७’ उपग्रह प्रक्षेपण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह बुटवलमा एक युवतीमाथि गोली प्रहार छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक रामकुमारी झाँक्रीको आक्रोस– ‘अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी



अ+ अ-

डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँले सातौँपटक जित हासिल गर्नुभएको हो ।

कुल ५१ हजार दुई सय तीन मतगणना हुँदा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार नेपाली कांग्रेस ९विपी०का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । विसं २०१७ देखि राजनीतिमा लाग्नुभएका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुनुहुन्छ ।

विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी हुनुभयो । देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट जित्नुभएको थियो । यसपटक सातौँपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।