काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य १८ हजार २३५ मत सहित निर्वाचित हुनु भएको छ ।
आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गर्नुभएको छ । एमालेका तामाङले ८ हजार ६१४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत प्राप्त गर्नुभएको छ ।