• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

गोरखा क्षेत्र नं १ को मतगणना सुरु



गोरखा । गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको निर्वाचनको मतगणना सुरु भएको छ ।

मतदान सम्पन्न भएको दुई दिनपछि मतगणना सुरु भएको हो । क्षेत्र नं १ मा सर्वदलीय सहमति गरी बिहान करिब ११ः१५ बजेदेखि मतगणना गर्न थालिएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिनुभयो ।

विकट चुमनुब्री गाउँपालिकाबाट सोमबार सबै मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइएको थियो । नेपाली सेनाको हेलिकप्टर मतपेटिका ल्याएको हो ।

क्षेत्र नं १ मा चुमनुब्री गाउँपालिकाका विभिन्न मतदान केन्द्रका ६ वटा मतपेटिका मिसाएर गणना सुरु गरिएको हो । यो क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र बजगाइँ चुनावी मैदान रहनुभएको भने नेकपा ९एमाले०बाट गण्डकी प्रदेशमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य रामशरण बस्नेत मुख्य प्रतिस्पर्धामा रहनुभएको छ ।

गोरखा क्षेत्र नं १ मा ५९ हजार ८९ मत खसेको छ । क्षेत्र नं १ मा एक लाख १५ हजार तीन सय ९७ मतदाता रहेका छन् ।