२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

‘इन्क्ड ह्यापिनेस लाइफटाइम अचिभमेन्ट अवार्ड’ कमबम जनार्दनलाई

‘इन्क्ड ह्यापिनेस लाइफटाइम अचिभमेन्ट अवार्ड’ कमबम जनार्दनलाई
अ अ+ अ-

काठमाडौँ । फाउन्टेन पेन प्रेमीको विश्वव्यापी समूह इन्क्ड ह्यापिनेसले तेस्रो ‘इन्क्ड ह्यापिनेस लाइफटाइम अचिभमेन्ट अवार्ड’ कमबम चक्रपाणि (केसी) जनार्दनलाई प्रदान गरेको छ । फाउन्टेन पेन प्रेमी जनार्दनलाई जुम प्रविधिबाट आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा खुलेको सुशील कोइराला मेमोरियल फाउन्डेशनको सल्लाहकारसमेत रहनुभएका जनार्दनलाई सोमबार सम्मान गरिएको सदस्यसचिव अतुल कोइरालाले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री कोइरालासमेत फाउन्टेन पेन प्रेमी एवं समूहको सदस्यका रूपमा जीवनकालमा क्रियाशील रहनुभएको फाउन्डेशनले जनाएको छ ।

राहदानीमा आफ्नै हस्ताक्षरले लेख्ने, बुबाको मृत्यु प्रमाणपत्र आफ्नै हस्ताक्षरमा बनाउने अद्भुत शक्तिका जनार्दन ३० वर्षदेखि राम्रो लेखनशैली बनाउने विश्वव्यापी अभियानमा लाग्नुभएको छ । हस्ताक्षर, क्यालिग्राफी (डिजाइनिङ हस्ताक्षर) लगायत क्षेत्रमा उहाँले विशिष्ट योगदान गर्नुभएकाले अवार्ड दिने निर्णय गरिएको ह्यापिनेसका अध्यक्ष शुभव्रतो गाङ्गुली बताउनुभयो । गाङ्गुली पनि ३० वर्षदेखि फाउन्टेन पेनको सङ्कलन गरी हस्तलेखन शैली सुधार्ने अभियानमा सक्रिय हुनुहुन्छ ।

कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार एवं फाउन्टेन पेन प्रेमी विवेक देवराय, सुशील कोइराला मेमोरियल फाउन्डेशनका सदस्यसचिव कोइराला, भारतीय मूलका बेलायती सांसद वीरेन्द्र शर्मा, हार्वर्ड विश्वविद्यालयका लेखक एवं वैज्ञानिक डा शोभन रोयलगायतले प्रभावशाली शिक्षा कसरी जनतामा लैजान सकिन्छ भनी राम्रो लेखन शैली चलाइएकामा जोड दिनुभएको थियो । यो अवार्ड पहिलोपटक युसुफ मन्सुर र दोस्रोपटक सुधीर कल्याणीकरले प्राप्त गरिसक्नुभएको छ । जनार्दन यो अवार्ड पाउने तेस्रो फाउन्टेन पेन प्रेमी हुनुहुन्छ । रासस