१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेस्तोल र गोली सहित २ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

दाङ । गढवा गाउँपालिका १ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन  र २ थान  गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

 पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी-३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी–८ बस्ने १९ वर्षीय राजा खान रहेका छन् । 

पैदल आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त हतियार सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।