२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरोसेलको दोस्रो डोज साउन २२ गतेदेखि लगाइने



अ+ अ-

काठमाडौं । कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आगामी साउन २२ गते लगाइने भएको छ ।

भेरोसेलको पहिलो मात्रा लगाएर तीन साता पुरा भएकालाई मात्र दोस्रो डोज दिइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । 

भेरोसेलको दोस्रो मात्रा १ लाख ६५ हजार जनालाई लगाइने कार्यालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन विद्युतीय दर्ता नम्बर र खोप कार्ड लिएर जानुपर्ने जनाइएको छ ।