२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाउन विपक्षी दल एमालेको माग



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा एक नेपाली बेपत्ता भएको प्रकरणमा भारतसमक्ष औपचारिक विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

दार्चुलाबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै तुइन प्रकरणबारे सरकारले भारतसामू विरोध जनाउनुपर्ने बताउनुभएको हो । 

एमाले संसदीय दलको तर्फबाट बोल्नुभएको ठगुन्नाले दार्चुला घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।