२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जाऔंः पौडेल पक्ष (भिडियो सहित)

१३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जाऔंः पौडेल पक्ष (भिडियो सहित)
अ अ+ अ-

१३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जानुपर्ने पौडेल पक्षको निष्कर्ष 

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ ।

मंगलवार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले विवादित ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको हो । 

क्रियाशिल सदस्यता वडा तहबाट कायम हुनुपर्नेमा कतिपय ठाउँमा सिधै क्षेत्र, जिल्ला वा केन्द्रबाटै वितरण गरिएको भन्दै पौडेल समूहले असन्तुष्टि समेत व्यक्त गरेको छ । व्यक्ति हेरेर नभई विधि, पद्धती र प्रक्रियामा क्रियाशिल सदस्यता वितरण हुनुपर्नेमा जोड दिइएको नेता अर्जुननरसिंह केसीले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘जे संविधानले गरेको आधारभुत, संरचनागत सिद्धान्त हो । तदनुरुप क्रियाशिल सदस्यता टुंगो लगाउनुपर्छ । जहाँ जहाँ विवाद भएका छन्, तिनीहरुलाई १३ औँ महाधिवेशनकै क्रियाशिलतालाई मान्ने गरेर नयाँ अधिवेशनको प्रारम्भिक चरणको खुड्किला प्रारम्भ गरौं भन्ने हो । 

विधिवत् ढंगले निश्चित मापदण्डको आधारमा, वैधानिकताको आधारमा गरौँ । त्यसमा को पर्छ, पर्दैन, कुन ग्रुपको हो भन्ने नहेरौँ । एउटा विधि, पद्धती र प्रक्रियामा हामी संलग्न भयौँ भने त्यसले एउटा बाटो निर्माण गर्छ । पार्टीलाई विधिसम्मत् बनाऔँ । पार्टीलाई नीतिमुखि बनाऔँ नेतामुखि होइन् । पार्टीलाई विचारमुखि बनाऔँ व्यक्तिमुखि होईन ।’

उहाँले क्रियाशिल सदस्य वडा बाट नभई आकाश र पत्तालबाट आएको टिप्पणी गर्दै वडामा प्रस्तुत नै नभइकन थपिएका सदस्यलाई स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।