२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत

कृषिमा यन्त्रिकीकरण बढ्दो

कृषिमा यन्त्रिकीकरण बढ्दो
अ अ+ अ-

गलकोट । बागलुङको जैमिनी नगरपालिका(८ छिस्तीको केवैगाउँका पूर्णबहादुर पुनको घरमा मकै छोडाउने औजार भित्रिएको चार वर्ष भयो ।

औजार भित्रिएपछि मकै र कोदो राम्रो उत्पादन हुने केवैगाउँमा मकै छोडाउन र कोदो चुट्न लाग्ने खर्च र समय घटेको छ । त्यति मात्रै होइन, पुनले चार वर्षयता यसका लागि महङ्गो पारिश्रमिक बुझाएर श्रमिक बोलाउनु पनि परेको छैन । तर औजार चलाउन केही युनिट विद्युतको महशुल भने बुझाउनु पर्छ ।

“सुरुमा यसको फाइदाबारे थाहा भएन, मकै छोडाउने औजारले कोदो पनि चुट्ला भन्ने लागेकै थिएन”, उहाँले भन्नुभयो, “पहिले एक आँगन कोदो चुट्न दिनभर छ जनाको काम थियो भने अहिले दुई घण्टामै सकिन्छ ।”

उहाँका अनुसार छ जना ज्यालादारीका मजदुर खटाउँदा खर्च धेरै हुन्थ्यो तर अहिले तीनदेखि चार सयमा काम सकिन्छ ।

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय बागलुङमा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ । मानवीय श्रमसाधन अभाव भइरहेका अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसानहरुलाई राहत भएको छ ।

परम्परागत तरिकाले गरिने मकै तथा कोदोलाई समेत कृषि औजारको प्रयोग गर्दा उत्पादन लागत घटेर आएको बागलुङ नगरपालिकाका किसान जगन्नाथ सापकोटाले बताउनुभयो ।

“अहिले मिनी टेलर हलो यहाँका किसानको सारथी भएको छ, जोत्नका लागि गोरुको प्रयोग पनि हुन छाड्यो,” सापकोटाले भन्नुभयो, “गोरुलाई एक दिन लाग्ने मेलो ट्र्याक्टरले एक घण्टामै जोतिसक्छ ।”

औजारको प्रयोग गहुँको थ्रेसर, कोदो चुट्न, दहीबाट घ्यू बनाउन समेत प्रयोग हुँदै आएको छ । कृषि मजदुरको अभावमा कृषि कार्य गर्न निकै सकस झेल्दै आएका किसानका लागि अहिले यस्ता कृषि औजारले निकै राहत मिलेको छ । साथै, किसानहरुले प्रविधि र औजारमा अनुदान समेत पाएको कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

“अहिले कृषिमा प्रविधि भित्र्याउनेलाई समेत अनुदान दिन सुरु भएपछि किसान आकर्षित भएका हुन,” भट्टराईले भन्नुभयो, “मिनीटेलर हलो, थ्रेसर मेसिन, कोदो र मकै चुट्ने मेसिनका कारण किसानलाई सहज भएको छ ।”

रैथानेबाली प्रवद्र्धन कार्यक्रमअन्र्तगत गत वर्ष १५ थान कोदो चुट्ने औजार ५० प्रतिशत अनुदानमा वितरण गरेको केन्द्र प्रमुख भट्टराईले जानकारी दिनुभयो । पछिल्लो समय कृषि उपकरण खरिद गर्ने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बागलुङ बजारका पङ्गाली मेसिनरीका सञ्चालक कलानिथी पौडेलको भनाइ छ ।