२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको तेस्रो लहरको संघारमा नेपाल



अ+ अ-

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ ।

जनस्वास्थ्यविद्हरूले संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी कदम नचाल्ने हो र सर्वसाधारणले पनि घोषित मापदण्ड पालनामा गम्भीर नहुने हो भने मुलुक संक्रमणको तेस्रो लहरमा प्रवेश गर्ने चेतावनी दिइसकेको अवस्थामा पछिल्ला दिनमा बढ्दै गएको संक्रमितको ग्राफले फेरि एकपटक अप्रिय अवस्था आउन सक्ने देखिएको छ ।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा बुधबार भने ४ हजार नाघेको छ । बुधबार मात्रै ४ हजार १ सय ७ जना संक्रमित थपिएका छन् । यो भनेको ४२ दिनपछिकै सबैभन्दा धेरै हो । गत ८ असारमा १२ हजार २ सय ४ जनाको आरटीपीसीआर र ४ हजार ७ सय ९ जनाको एन्टिजेन परीक्षणका क्रममा ४ हजार ५ सय २२ जना संक्रमित थपिएका थिए । त्यसयता संक्रमणदर स्थिर रहँदै आएको थियो ।

बुधबार भने ११ हजार ३ सय ५४ जनाको पीसीआर र ४ हजार ९ सय ४४ जनाको एन्टिजेन गरी १६ हजार २ सय ९८ जनाको परीक्षण गर्दा ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा पीसीआर परीक्षण गरिएका मध्ये २६।२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । उनले भने, ‘यो संख्या निकै धेरै हो । संक्रमण कायम रहेको छ । हेलचेक्र्याइँ नगरौं ।’ राजधानी दैनिकमा खबर छ ।