२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले जहाँ सुकै पठाए पनि जान तयार छु’



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ सुकै पठाए पनि जान तयार रहेको बताएका छन् । निर्देशक शाक्यले सरकारले आफूलाई अन्य जिम्मेवारी दिने सन्दर्भमा आवश्यकता अनुसार जहाँ जान पनि तयार रहेको बताएका हुन् ।

‘मलाई अब अरू कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर सोध्नुभएको छ । मैले मेरो आवश्यकता महसूस गरेर सरकारले जहाँ सुकै पठाए पनि जान तयार रहेको बताएको छु,’ बुधवार प्राधिकरणमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मेरो प्राविधिक कार्यक्षेत्र हो । प्लानिङ पनि गर्छु । आफ्नो क्षेत्रसँग सम्बन्धित जुनसुकै क्षेत्रमा पठाए पनि काम गर्छु ।’

कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोभिड महामारी र लकडाउन भएको भए पनि विद्युत्मा कुनै समस्या नहुनेगरी काम गरेको बताए । गतवर्षभन्दा यस वर्ष विद्युत् आपूर्ति कम रोकिएको उनको दाबी छ । अस्पतालहरूमा सबै समय विद्युत् उपलब्धताको बस्दोबस्त मिलाइएको पनि उनले बताए । यसबीचमा ढल्केबर ४०० केभी सबस्टेशनलाई नेपाल–भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती–ढल्केबर २२० केभी सञ्चालन गरेको, माथिल्लो तामाकोशीको काम अगाडि बढाएको, थप १३ जिल्लामा पूर्ण विद्युतीकरण गरिएको र कर्णालीमा पहिलोपटक राष्ट्रिय प्रणालीको विद्युत् पुर्याएको उनको भनाइ रहेको समाचार आर्थिक अभियान दैनिकमा छ ।