९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ ३ (१) को निर्वाचन कार्यक्रम स्थगित



अ+ अ-

मोरङ निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ का उम्मेदवार शेखरचन्द्र थापाको निधन भएकाले प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को निर्वाचनसँग सम्बन्धित कार्यक्रम स्थगित भएको छ ।

प्रदेश नं १ का वनमन्त्रीसमेत रहेका थापाको निमोनियाका कारण विराटनगरस्थित नोबल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ आसन्न संसदीय निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ३ (१) बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो ।

निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालयले आज एक सूचना प्रकाशित गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ को उपदफा (२)/प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ को उपदफा (२) बमोजिम आजैदेखि सो निर्वाचन क्षेत्रको निर्वाचनसँग सम्बन्धित कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

निर्वाचन आयोगले कुनै निर्वाचन क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउने स्पष्ट गरेको छ । त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुनसक्ने बताइएको छ ।




भर्खरै