७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’गरेः वरिष्ठ अधिवक्ता त्रिपाठी(भिडीयोसहित )

ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’गरेः वरिष्ठ अधिवक्ता त्रिपाठी(भिडीयोसहित )
अ+ अ-

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरेको बताउनुभएको छ ।

निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्षमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रवन्ध’ विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै म्याच फिक्सिङ गरेको बताउनुभएको हो । उहाँले मतदाताले आफ्नो चाहनामा मतदान गर्ने अवस्था नरहेको बताउनु भयो ।

गठबन्धन र तालमेलको नाममा मतदाताको रोजाईको उम्मेदवारलाई मतदान गर्न नसकिएको उहाँको भनाई छ । उहाँले ठूला नेताहरु कसलाई कहाँबाट जिताउने भन्ने पहिले नै पक्का भइसकेकाले नो नट अगेन जति भनेपनि प्रभावकारी नहुने बताउनु भयो । त्रिपाठीले निर्वाचनपछि पनि देश अस्थिरतामा जाने निश्चित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘निर्वाचन भनेकै के हो भने मतदातालाई फुल च्वाइस दिनुप¥यो । तर के भइदियो भने यो गठबन्धन भन्यो । अर्को तालमेल भन्यो । मतदाताले आफूले चाहेको उम्मेदवारलाई भोट हाल्ने अवस्था छैन । चाहेको पार्टीलाई भोट हाल्ने अवस्था छैन । त्यो सूची नै छैन कतिपय निर्वाचन क्षेत्रमा । आफूले चाहेकोमा गर्न सक्दैन । म्याच फिक्सिङ पहिल्यै भइसकेको छ, कसलाई जिताउने, कहाँबाट जित्ने ।’

‘ठूला नेताहरु सबै सुरक्षित छन् । उनीहरुलाई जनताले जतिसुकै नो नट अगेन भनेपनि यथार्थमा त्यो होला जस्तो छैन । किनभने म्याच पहिल्यै फिक्स भइसकेको छ । को जित्ने, को हार्ने । सबै डिजाइन गरिएको छ । यसले निर्वाचनपछि पनि कुनै स्थिरतमा जाँदैन । यसले गम्भिर अस्थिरताको दौड शुरु गर्नेछ । किनभने अहिले सबै प्रधानमन्त्रीको उम्मेदवार छन् । सबै कुरा अनिश्चित छ । यो लोकतान्त्रिक प्रणालीको मजाक हो ।’

वरिष्ठ अधिवक्ता त्रिपाठीले समानुपातिक निर्वाचन प्रणालीलाई नेता व्यवस्थापनका लागि मात्रै प्रयोग गरिएको बताउनु भयो । उहाँले निर्वाचन नजित्नेलाई थन्काउनका लागि मात्रै समानुपातिक निर्वाचन प्रयोग भएको टिप्पणी गर्नुभयो । त्यस्तै समानुपातिकको टिकट बिक्री हुने भएकाले लक्षित समुदायले पाउन नसकेको उहाँले बताउनु भयो ।

उहाँले निर्वाचन आयोगको विश्वसनीयतामा गम्भिर प्रश्न उठेको बताउनु भयो । निर्वाचन आयोगको पञ्चायती मानसिकता रहेको र पञ्चायतकालमा अञ्चलाधीशले गर्नेजस्तो काम आयोगबाट भइरहेको उहाँले टिप्पणी गर्नुभयो । संविधान मिचेर अध्यादेशबाट नियुक्त भएका आयुक्तहरु भएकाले उनीहरुलाई संविधान, कानून र लोकतन्त्रको मतलव नभएको उहाँले बताउनु भयो ।

अधिवक्ता मोहना अन्सारीले निर्वाचन आयोग पार्टीको छाँयाको रुपमा चलिरहेको बताउनु भयो । आयोगले खर्चको सीमा तोकेको भएपनि राजनीतिक दलहरुले धेरै खर्च गरिरहेको भएपनि नियन्त्रण गर्न नसकको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘निर्वाचन महंगो भयो । आयोगले नियन्त्रण गर्न सकेन । निर्वाचन आयोग संवैधानिक आयोग हो । तर यसो हेर्दाखेरी पार्टीको छायाँ हो । पार्टीको छायाँमा ऊ चलिरहेको छ भन्ने देखिन्छ । दिनप्रतिदिन महंगो निर्वाचनमा जाँदैछौँ । यसले भ्रष्टाचारतिरै इंकित गर्छ ।’

उहाँले निर्वाचनमा धेरै पैसा खर्च हुनुले भ्रष्टाचार हुँदैछ भन्ने इंकित गरेको बताउनु भयो । उहाँले कम खर्चमा स्वच्छ र निष्पक्ष निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।