• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

झापा-२ मा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर उम्मेदवार बनाए– अध्यक्ष ओली



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामि मंसिर ४गते हुने निर्वाचनमा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर लगेर उम्मेदवार बनाएको टिप्पणी गरेका छन् ।

मंगलबार झापाको शनिश्चरेस्थित सालबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ गठबन्धनले एमालेको कार्यकर्तालाई उम्मेदवार बनाएको टिप्पणी गरेका हुन् ।

सो क्षेत्रमा अहिलेका गठबन्धनका उम्मेदवार रहेका देवराज घिमिरे एमालेको साधारण कार्यकर्ता मात्र भएको अध्यक्ष ओलीले प्रष्टाएका छन् ।

राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका असाधारण रहेको ओलीले दावि गरे । उनले एमाले देशको प्रमुख पार्टी भएको बताए । विचारको हिसाबले, संगठनको हिसाबले, कामको हिसाबले, कार्यक्षमताको हिसाबले, अनेक हिसाबले एमाले देशको प्रमुख पार्टी भएको जिकिर समेत गरे ।