७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

प्रधानमन्त्री बन्नका लागि चुनाव जित्नुको विकल्प मलाई छैनः गगनकुमार थापा

प्रधानमन्त्री बन्नका लागि चुनाव जित्नुको विकल्प मलाई छैनः गगनकुमार थापा
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताउनुभएको छ ।

बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बन्नुभएका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताउनुभएको हो । उहाँले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको बताउनु भयो ।

महामन्त्री थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्नेकुराले डर लाग्ने गरेको बताउनु भयो । उहाँले यस अघिको चुनावमा धेरै स्थानमा उत्साह र सुभेक्षा देखिएपनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको सुभेक्षा र उत्साह कम हुँदै गइरहेको बताउनु भयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो भन्दा अघिको चुनावमा जस्तो उत्साह र सुभेक्षा देखिन्थ्यो, त्यो देख्न छोडिएको छ । मेरो सन्दर्भमा नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने जुन संकल्प गरेको छु, त्यो संकल्पसँग जोडिएर त्यो सुभेक्षा जानुपर्छ, लड्नुपर्छ, भिड्नुपर्छ, हुनुपर्छ, बदल्नुपर्छ भन्ने सुभेक्षाहरु पाएको छु । म प्रत्येक निर्वाचनमा डराउँछु ।’

‘निर्वाचनमा डराउँछु भनेको त्यसले आफूलाई अनुशासित बनाउँछ, मतदातासँग सम्पूर्ण शक्ति निहीत हुन्छ भन्नेकुरालाई विश्वास गर्नुपर्छ । मसँग आफू बाहेकको मत हुँदैन, त्यसैले मतदातासँग शक्ति छ भनेर डराउनुपर्छ । हामील अहिले सांसदका लागि लडेका छौँ, त्यसपछि संसदीय दलको चुनाव हुन्छ, त्यसका लागि म लड्ने हो । जित्ने हो, त्यसपछि जो नेपाली काँग्रेसको संसदीय दलको नेता हुन्छ, त्यही प्रधानमन्त्रीको उम्मेदवार हुने हो ।’

महामन्त्री थापाको निर्वाचन क्षेत्रका मतदाता भने थापाप्रति सन्तुष्ट नै देखिन्छन् ।  मतदाताहरुले पुराना नेताहरु परिवर्तन गरी देशमा युवा नेताहरु छान्नुपर्ने बेला आइसकेको अभिव्यक्ति दिए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का स्थानीय किरण खड्गीले गगनकुमार थापा जस्तो युवा नेतालाई नजिताए देशले विकासमा उच्च लक्ष्य हासिल गर्न नसक्ने बताउनु भयो ।

उहाँले महामन्त्री थापा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहँदा धेरै राम्रा कामहरु गरेकाले पनि प्रधानमन्त्रीको लागि योग्य भएको र युवालाई जिताउन आवश्यक भइसेकेको बताउनु भयो । त्यस्तै अर्का स्थानीय मञ्जु श्रेष्ठले स्वास्थ्यमन्त्री रहँदा महामन्त्री थापाले स्वास्थ्य बीमा लगायतका धेरै राम्रा कामको थालनी गरेको भन्दै युवाहरुलाई देश विकासको लागि जिताउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले काठमाडौंका जनताले थापालाई जिताएर पठाउने तर प्रधानमन्त्रीका लागि भने पार्टीले के गर्छ भन्नेमा आशंका रहेको बताउनु भयो । त्यस्तै अर्का स्थानीय बाबुकाजी मुनिकारले विगतमा पनि महामन्त्री थापालाई भोट हालेको र निर्वाचन क्षेत्र र देश विकासका लागि काम गर्छु भन्ने संकल्प आफूसँग गरेकाले यसपटक पनि महामन्त्री थापालाई नै भोट हाल्ने बताउनु भयो ।

निर्वाचन आयोगले उम्मेदवारहरुलाई सभा, गोष्ठी, सेमिनार लगायतका चुनावी प्रचारप्रसारको समय दिएसँगै अहिले देशभर राजनीतिक दल र उम्मेदवारहरु नागरिकको घरदैलोमा पुगेर भोट माग्न ब्यस्त छन् । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरुले नागरिकको घरघरमा पुगेर मत माग्ने क्रम जारी छ । निर्वाचन आयोगले मंसिर २ गतेसम्म उम्मेदवारहरुलाई भोट माग्नका लागि, गोष्ठी, सेमिनार, सभा गर्न समय उपलब्ध गराएको छ ।