• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

डोटी भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो



काठमाडौँ । डोटीमा भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ को गैरा गाउँमा उक्त घटना घटेको हो ।

भूकम्पबाट एक दर्जनभन्दा बढी घाइते रहेको तथा केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

२ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरू चिसोमा खुला आकाशमुनि रात बिताउन बाध्य छन् ।