७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

एमाले दाङ क्षेत्र नं. २ को प्रतिवद्धता पत्र– पाँच वर्षका २३ प्रतिज्ञा र २३५ अठोट

एमाले दाङ क्षेत्र नं. २ को प्रतिवद्धता पत्र– पाँच वर्षका २३ प्रतिज्ञा र २३५ अठोट
अ+ अ-

दाङ । नेकपा (एमाले)दाङ निर्वाचन क्षेत्र नं. २ ले आगामी पाँच वर्षका लागि २३ प्रतिज्ञा र २३५ अठोट सार्वजनिक गरेको छ ।

मङ्गलबार घोराहीमा प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रम आयोजना गरेर एमाले महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं। २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेल, २(१) प्रदेशसभा सदस्य उम्मेदवार बलिभद्र राना, २(२) प्रदेशसभा सदस्य उम्मेदवार गिरिराज केसी, एमाले पोलिटव्यूरो सदस्य एवं दाङ इन्चार्ज नरुलाल चौधरी, एमाले पोलिटव्यूरो सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्य एवं लुम्विनी प्रदेश सहइन्चार्ज जीवन गौतमलगायतले २३ प्रतिज्ञा र २३५ अठोट सार्वजनिक गर्नुभयो ।

२३ प्रतिज्ञामा समृद्ध दाङ–एमाले अभियान, भौतिक पूर्वाधार–दाङ समृद्धिको आधार, सहरीकरण तथा वस्ती विकास – समृद्धिको प्रमुख आधार, संस्कृति तथा पर्यटन–आर्थिक विकासको प्रवद्र्धन, दक्ष जनशक्ति र गुणस्तरीय शिक्षा, दङाली जनताको अपेक्षा, गुणस्तरीय स्वास्थ्य र खाना–निरोगी हुने जनताको चाहना, कृषि र पशुपालन– जीवनस्तर सुधारको माध्यम, औद्योगिक विकास, स्वाधीन अर्थतन्त्रको सर्वोत्तम निकास, विद्युत, जलस्रोत, सिंचाई र खानेपानी, स्वस्थ र समृद्ध जिन्दगानी उल्लेख छन् ।

यसैगरी जडीवुटी, वन र वातावरण समुन्नत र दिगो पर्यावरण, भू–उपयोगको आधार कृषि र आवासको सुधार, उद्यमशीलता, श्रम र रोजगार जनताको अधिकार, युवा, खेलकुदको विकास, विदेश पलायनविरुद्धको निकास, ज्येष्ठ नागरिकको सम्मान, राष्ट्रको स्वाभिमान, दाङका महिला– विकासमा पहिला, बालबालिकाको अधिकार सबैको सरोकार, हेपिएकालाई मान दलित तथा जनजातिलाई सम्मान, अपाङ्गको विशेष क्षमता, विकासमा सहभागिता, भूमिहीन, सुकुम्वासीको अपेक्षा हातहातमा लालपूर्जा, सूचना र सञ्चार– समुन्नतिको आधार, भ्रष्टाचारमुक्त प्रशासन– जवाफदेहीता र सुशासन, हाम्रो पहिचान– कला, साहित्यको उन्नयन र विपद व्यवस्थापन– सुरक्षित जीवन भन्ने प्रतिज्ञा एमाले उम्मेदवारहरुको छ ।

एमालेले समृद्ध दाङ एमालेको अभियानसहित लक्ष्य सार्वजनिक गरेको छ । त्यसका लागि भौतिक पूर्वाधारको विकास दाङको समृद्धिको आधार बनाइएको छ । पूर्वाधार निर्माणमा घोराहीदेखि रोल्पासम्मको शहिद मार्गको विस्तार गरी डोल्पासम्म जोड्ने, घोराही–प्यूठान सडक कालोपत्रेलाई पूर्णता दिने, लमही–तुलसीपुर सडकलाई विस्तार गर्ने, चुनढुङ्गा खानीदेखि उद्योगसम्मको वैकल्पिक मार्ग निर्माण गर्ने, घोराही–होलेरी सहिद मार्ग, घोराही–बंगलाचुली र तुलसीपुर–सल्यान, रुकुम–राप्ती राजमार्गको स्तरोन्नति गर्ने, घोराही–सिमलतारा–हाँसीपुर–देउखुरीको विपि राजमार्गअन्तर्गत सिमलतारादेखि बाँकी खण्डको निर्माण कार्य आगामी तीनवर्षमै सक्ने एमालेको अठोट छ ।

यसैगरी सहरीकरण तथा वस्ती विकासलाई एमालेले समृद्ध दाङको आधारको रुपमा प्रस्तुत गरेको छ । वस्ती विकासको वैज्ञानिक मापदण्ड र मोडेल निर्माण गरी लागु गर्ने, जिल्लाको एकीकृत विकासको गुरुयोजना तयार गरी आवासीय, औद्योगिक, व्यापारिक, कृषि तथा हरियाली क्षेत्र छुट्याई व्यवस्थित वस्ती विकास गर्ने, सवारी चाप हुने चोकहरुमा स्काई व्रिज निर्माण गरिने, फोहोरलाई उर्जामा बदलेर ग्यास वितरण गर्ने, मुख्य बजारलाई आइटी शहर र ग्रामीण बजारहरुलाई मुख्य सहरहरुको स्याटलाईट सहरकारुपमा विकास गर्ने, मुख्य सहरलाई कलर कोडमार्फत बेग्लै पहिचान दिने अठोट एमालेले लिएको छ । यसैगरी संस्कृति तथा पर्यटनलाई पनि दाङ समृद्ध बनाउने आधारका रुपमा एमालेले अघि सारेको छ ।

बंगलाचुलीलाई साहसिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, थारु जातिको पहिचानलाई नेपालको पर्यटनको विकासमा जोडिनेलगायत छन् । यस्तै शैक्षिक विकास, प्राविधिक शिक्षा, आयुर्वेद शिक्षालगायत सबैका लागि गुणस्तरीय शिक्षाको अठोट गरिएको छ । यसैगरी स्वास्थ्यतर्फ लमहीमा ट्रमा सेन्टरको यथाशीघ्र निर्माण, विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ सय शैयाको अस्पताल बनाई विएस्सी नर्सिङ र एमडीको पढाइ यथाशीघ्र सुरु गर्ने र प्रादेशिक आयुर्वेद अस्पताल विजौरीलाई पूर्वाधार थप गरी औषधि उत्पादन केन्द्रको रुपमा विकास गर्ने अठोट एमालेले लिएको छ ।

यसैगरी कृषिमा यान्त्रिकीकरण गर्ने, सिंचाई र समयमा मल, बीउ र किसानलाई प्रोत्साहन गर्ने अठोट एमालेले गरेको छ । त्यसका लागि स्मार्ट कृषि गाउँहरुको सङ्ख्या विस्तार गर्ने, व्यावसायिक कृषि तथा पशु फर्महरुलाई अनुदानको व्यवस्था गर्नेलगायतका दर्जनौं कार्यक्रम अघि सारिएको छ ।

यसैगरी वनको संरक्षण गरी काष्ठ तथा जडिवुटी, उत्पादन गर्ने अठोट छ । भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा दिने अठोट एमालेले लिएको छ भने उद्यमशीलता, श्रम र रोजगारको प्रवद्र्धन गर्ने, खेलकुद र खेल पूर्वाधारको विकास, ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षा भत्ता वृद्धि, दलित, जनजाति, अपाङ्गता भएका एवं पछाडी पारिएकाहरुको विकास, सीप र रोजगारी प्रवद्र्धन गर्ने अठोट एमालेले लिएको छ । एमालेले सुशासन, जवाफदेहीतालाई प्रवद्र्धन गर्दै भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्ने अठोट लिएको छ ।