२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । कालीकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

मुगुबाट सुर्खेततर्फ छुटेको भे १ छ ४४१२ नम्बरको जीप उक्त स्थानमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा ठेगाना नखुलेका वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेका छन् ।

यस्तै, दुर्घटनामा सात जना घाइते भएका र उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।