२८ भाद्र २०८३, आईतवार
,
Latest
चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टियुका विद्यार्थीलाई कोभिडले छुँदैन !



अ+ अ-

परीक्षा दिन पाटन क्याम्पस पुग्दा म अचम्ममा परेँ, क्याम्पसको खाली ठाउँजति सबै बाइकले भरिएको थियो ।   पछि थाहा भयो ८ सय हाराहारी विद्यार्थीले पाटनमा परीक्षा दिँदै रहेछन् । २५ जनाभन्दा बढी भेला हुन नपाइने मापदण्ड छ तर एउटै क्लासमा हामी ५४ जनालाई राखिएको थियो ।

फोटो – गणेश राई 

कुनैकुनै सेन्टरमा त १०० जनासम्म राखिएको छ । तीन घन्टाको परीक्षामा सबैभन्दा धेरै खोकीको आवाज सुनिन्थ्यो । रुघाखोकीले ग्रस्त र ओछ्यानबाट उठेर परीक्षा दिन आएका हाम्रै साथीहरु थिए । परीक्षा दिन नपाइने डरले गर्दा कतिले त कोभिड टेस्ट नै गरेका छैनन् ।

परीक्षा दिनुको अर्को कुनै विकल्प थिएन उनीहरुसङ्ग । म भन्दा अर्को कक्षामा रहेका साथीहरुले पनि एकाग्रता नै खल्बलिने गरि त्यही एकनास खोकीको आवाज सुनेको डराउँदै शेयर गरेका थिए । परीक्षा हलबाट बाहिर निस्किदा कोभिड घरसम्म लगिने अपराधबोध धेरैलाई थियो। टेम्पेरेचर नाप्न सामान्य थर्मल गर्न सम्म पनि राखिएको थिएन ।

कोभिडको भ्याक्सिन लाउने विद्यार्थीको संख्या मुस्किलले एक तीहाइ पनी छैन । गार्डले परीक्षाको बीचमा आएर भने मास्क अल्लि राम्ररी लाउनु, मास्क लाएपछी टाँस्सिएर बसेपनी कोभिड सर्दैन । अबको केही हप्ता आँखा राता भएका, खोकिरहेका, कोभिड नै भएका साथीहरुको बीचमा बसेर एक्जाम दिने र गार्डको अचुक उपायमा भर पर्ने-मास्क लाएपछी टाँस्सिएर बसेपनी टियुका विद्यार्थीलाई कोभीडले छुँदैन ! छुन पाउँदैन ! विश्वकै उत्कृष्ट १० विश्वविद्यालय भित्र परेको टियुका औतारी विद्यार्थी पो हौं त हामी ! 

बरु हामी टियुका विद्यार्थीलाई देखेर कोभीड-१९ को भाइरसले चाहिँ बाटो छाडिदिन्छ । यहि हो टियुको मुल मन्त्र । यो देशकै मुल मन्त्र झन्डै झन्डै यहि नै हो । झुक्किएर जोगिएछौँ भने यो देश हाम्रा लागि सुरक्षित छ भन्ने ठानौँला ।

-पाटन क्याम्पस स्नातक तहको परिक्षा दिएका एक बिद्यार्थी को अनुभव