२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टियुका विद्यार्थीलाई कोभिडले छुँदैन !



अ+ अ-

परीक्षा दिन पाटन क्याम्पस पुग्दा म अचम्ममा परेँ, क्याम्पसको खाली ठाउँजति सबै बाइकले भरिएको थियो ।   पछि थाहा भयो ८ सय हाराहारी विद्यार्थीले पाटनमा परीक्षा दिँदै रहेछन् । २५ जनाभन्दा बढी भेला हुन नपाइने मापदण्ड छ तर एउटै क्लासमा हामी ५४ जनालाई राखिएको थियो ।

फोटो – गणेश राई 

कुनैकुनै सेन्टरमा त १०० जनासम्म राखिएको छ । तीन घन्टाको परीक्षामा सबैभन्दा धेरै खोकीको आवाज सुनिन्थ्यो । रुघाखोकीले ग्रस्त र ओछ्यानबाट उठेर परीक्षा दिन आएका हाम्रै साथीहरु थिए । परीक्षा दिन नपाइने डरले गर्दा कतिले त कोभिड टेस्ट नै गरेका छैनन् ।

परीक्षा दिनुको अर्को कुनै विकल्प थिएन उनीहरुसङ्ग । म भन्दा अर्को कक्षामा रहेका साथीहरुले पनि एकाग्रता नै खल्बलिने गरि त्यही एकनास खोकीको आवाज सुनेको डराउँदै शेयर गरेका थिए । परीक्षा हलबाट बाहिर निस्किदा कोभिड घरसम्म लगिने अपराधबोध धेरैलाई थियो। टेम्पेरेचर नाप्न सामान्य थर्मल गर्न सम्म पनि राखिएको थिएन ।

कोभिडको भ्याक्सिन लाउने विद्यार्थीको संख्या मुस्किलले एक तीहाइ पनी छैन । गार्डले परीक्षाको बीचमा आएर भने मास्क अल्लि राम्ररी लाउनु, मास्क लाएपछी टाँस्सिएर बसेपनी कोभिड सर्दैन । अबको केही हप्ता आँखा राता भएका, खोकिरहेका, कोभिड नै भएका साथीहरुको बीचमा बसेर एक्जाम दिने र गार्डको अचुक उपायमा भर पर्ने-मास्क लाएपछी टाँस्सिएर बसेपनी टियुका विद्यार्थीलाई कोभीडले छुँदैन ! छुन पाउँदैन ! विश्वकै उत्कृष्ट १० विश्वविद्यालय भित्र परेको टियुका औतारी विद्यार्थी पो हौं त हामी ! 

बरु हामी टियुका विद्यार्थीलाई देखेर कोभीड-१९ को भाइरसले चाहिँ बाटो छाडिदिन्छ । यहि हो टियुको मुल मन्त्र । यो देशकै मुल मन्त्र झन्डै झन्डै यहि नै हो । झुक्किएर जोगिएछौँ भने यो देश हाम्रा लागि सुरक्षित छ भन्ने ठानौँला ।

-पाटन क्याम्पस स्नातक तहको परिक्षा दिएका एक बिद्यार्थी को अनुभव