१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय



अ+ अ-

भादगाउँ । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा आज नेवार समुदायले घरघरमा पिँडालु र सख्खर खण्ड उसिनेर खाँदै सकिमना पुन्ही अर्थात् पिँडालु उसिन्ने पूर्णिमा मनाउँदैँछन । सकिमना पुन्ही विशेष गरेर नेवार समुदायमा रहेको भजन खलः, दाफा भजन खलःहरुले विशेष पर्वको रुपमा मनाउँछन् ।

आजका दिन गत कोजाग्रत पूर्णिमादेखि सुरु गरिएको एक महिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनको रुपमा पिँडालु उसिनेर खाने र नशाः (मकै, भटमास, गहुँ र ताय)बाट भगवान्का आकृति बनाउने र त्यसैलाई प्रसादको रुपमा बाँडेर खाने प्रचलन रहेको छ ।
यस दिन नेवार समुदाय टोल–टोलमा रहेका दाफा भजन खलःले नशाःबाट आ–आफ्नो टोलमा भएका मठमन्दिर तथा भगवान्को आकृति बनाउँछ ।

आकृति बनाउँदा गहुँ विछ्याएर ताय ९धानको लावा० र कालो भटमासबाट भगवान्को स्वरुप बनाइन्छ । त्यसलाई चारैतिर भुटेको मकैले घेरा लगाइन्छ । त्यसमाथि पुरी र माल्पुवाले घेरेर फूलको मालाले सिङ्गारपटार गरी दक्षिणा चढाइ दियो बालेर भजनकीर्तन गरिन्छ ।

कोजाग्रत पूर्णिमाको दिनदेखि दैनिक रुपमा हुने भजनकीर्तन समापन हुने भएकोले प्रत्येक घरमा एक एक जनाले व्रतबसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गई पूजा गर्ने गर्दछन् । पूजामा माल्पुवा, पुरी, नशाः, गाईको दूधबाट बनाइएको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खरखण्ड आफ्ना टोलमा भएका देवीदेवता, महादेव र नारायण देवतालाई प्रसादको रुपमा चढाउँछन् ।

यसरी पूजा चढाउँदा प्रसादका रुपमा मन्दिरबाट नशाः लिएर आउने गरिन्छ । साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुल्सीलाई गाईको दूध राखेर अध्र्यसहित पूजा गरिन्छ । मन्दिरबाट ल्याइएको प्रसादस्वरुप नशाःसहित अन्य परिकार घरका सबै सदस्यलाई दिएर आषिश दिने भोजन गर्ने परम्परा रहको छ ।

ऋतु अनुसारको भोजन भगवान्लाई चढाएर मात्र खाने पर्वको रुपमा सकिमना पुन्हीलाई लिने गरिन्छ । पुन्हीका दिन विषेशगरी नारायणको पूजाआराधना गरिने हुनाले नेपाल संवत्को बाह्रमहिनाको पहिलो पुन्हीमा भगवान् नारायणलगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शरिरमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

वर्षभरिको बाह्रवटा महिनाको प्रत्येक पुन्हीमा भगवान्लाई फरक–फरक भोजन प्रसादको रुपमा चढाइने नेवार समुदायको संस्कार र संस्कृतिअनुसार कात्तिक शुक्ल पुन्हीका दिन कन्दमूल, खिर र नशाःलाई प्रसादको रुपमा भगवानलाई चढाइने संस्कृतिकर्मी बताउँछन् । नेवार समुदायले ऋतु अनुसारको उब्जनी भएका अन्न पहिला आफ्ना ईष्ट देवलाई चढाएर मात्र खाने प्रचलनअनुसार आजको दिन पिँडालु, सख्खरखण्ड, नशाःलगायत भोजन प्रसादको रुपमा चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुहुन्छ । यसले शरिरमा तागतदिनाका साथै शरीर स्वस्थ्य हुने जनविश्वास रहेको उहाँको कथन छ । अन्नपातबाट बनाएको भगवान्को आकृतिबाटै मठमन्दिर तथा भगवान्को मूर्तिको विकास भएको पुरोहित एवं संस्कृतिकर्मी हरिशरण राजोपाध्यायको भनाइ छ ।

उहाँका अनुसार प्राचिनकालमा मानिसले अन्नपात उत्पादन गर्न नजानेको समयमा कण्दमुललाई सबैभन्दा पहिलो भोजनको रुपमा ग्रहण गरेका थिए । त्यसपछि अन्नपात उब्जनी गर्न थालियो । त्यति बेलासम्म नेपालको कुनै पनि ठाउँमा भगवान्को मठमन्दिरको विकास भएको थिएन । उहाँ भन्नुहुन्छ, “पछि मानिसले त्यही अन्नबाट विभिन्न मठमन्दिर र भगवान्को आकृति कोरेपछि विस्तारै यसको विकसित रुपमा विभिन्न मठमन्दिर निर्माण हुन थाल्योे । त्यसकोस्वरुप सकिमना पुन्हीका दिन नशाःमा भगवान्को आकृति बनाएर त्यसलाई पूजा गरी कण्दमुललाई प्रसादका रुपमा चढाएर खाने प्रचलन थालिएको हो ।”

नेवार समुदायमा नशाःलाई सकिमना पुन्हीको दिनमा मात्र नभइ गणेश चतुर्थीका दिनमा पनि प्रसादको रुपमा चढाइ पूजा गर्ने परम्परा छ । साथै गुफा राख्दा गुफा बसेका बालिकालाई सूर्यसँग विवाह गर्ने क्रममा पनि प्रसादस्वरुप नशाः खुवाउन जाने परम्परा छ । त्यसैगरी जन्मदिनका अवसरमा पनि नशाः दान गर्ने प्रचलन रहेको छ । रासस